२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नेपालमा आज एकै दिन ४ हजार ३६४ संक्रमित थपिए



काठमाडौं ।

बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको प्रवक्ता गौतमले बताए।

यस दिन थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९०पुगेको छ।

प्रकाशित मिति : २२ आश्विन २०७७ बिहिबार ००:००  ४ : २८ बजे