२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

दाङमा कोरोना संक्रमित महिलाको मृत्यु



दाङ ।

दाङको बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ३ रूपन्देहीकी ६६ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको कोरोना विशेष अस्पताल बेल्झुण्डीका फोकल पर्सन द्रोण ओलीले जानकारी दिएका छन् ।

ती महिलालाई लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर गरी शुक्रबार राति बेलझुण्डीको आईसीयू बेडमा राखेर उपचार गरिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित रहेको ओलीले बताए ।

शुक्रबार घोराही ३ का १५ वर्षीय बालकको कोरोनाका कारण भेरी अस्पताल बाँकेमा मृत्यु भएको थियो । जिल्लामा हालसम्म कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७७ शनिबार ००:००  २ : ३९ बजे