१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

जिल्ला प्रशासन कार्यालय दाङ ५ दिनका लागि सिल



दाङ ।

एक जना कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङ ५ दिनका लागि सिल गरिएको छ । आज आइतबार २५ गतेदेखि शुक्रबार ३० गतेसम्म कार्यालय सिल गरिएको प्रशासकीय अधिकृत धर्मराज शर्माले जानकारी दिनुभयो।

अन्य केही कर्मचारीको पनि कोरोना परिक्षणका लागि पठाइएकाले शान्ति सुरक्षा, मुद्दा लगायत अत्यावसयक सेवा बाहेक अन्य सेवा भने ५ दिनसम्म बन्द हुने उहाँले बताउनुभयो । यस अघि पनि कर्मचारीमा कोरोना दिएपछि जिल्ला प्रशासन कार्यालय सिल गरिएको थियो । आज फेरी दोस्रो पटक कार्यालय सिल गरिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७७ आइतबार ००:००  ७ : ०४ बजे