९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

रुपन्देहीमा ७९ वर्षीय कोरोना संक्रमितको मृत्यु



रुपन्देही ।

रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको सोमबरा बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए। योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० जना पुगेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  १० : ४४ बजे