२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

आज थपिए ३ हजार ५५६ संक्रमित, १८ को मृत्यु



काठमाडौं ।

मंगलबार कोरोनाका नयाँ ३ हजार ५५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए।

यस दिन कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ। अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ। मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०७७ मंगलबार ००:००  ४ : ३२ बजे