२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

प्रतिनिधिसभा सांसद सानु शिवाको निधन



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ। पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिक सांसद सिवाको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जनाकारी दिए।

‘केही वर्षअघि उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो, तर स्वास्थ्य राम्रै थियो’ नेम्बाङले भने, ‘तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको रहेछ।’ अकस्मात देखिएको स्वास्थ्य समस्यापछि अस्पताल भर्ना गरिएपनि उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गयो। र, बुधबार विहान निधन भयो।

प्रकाशित मिति : २८ आश्विन २०७७ बुधबार ००:००  १२ : १७ बजे