३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

दाङ प्रशासनले भन्यो-देउसी भैलो नखेल्नु, दर्शन गर्न मन्दिर नजानु



दाङ ।
कोरोना जोखिम रहेको भन्दै जिल्ला प्रसान कार्यालय दाङले चाडपर्वको समयमा भिडभाड हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । नेपालीहरुको महान चाडपर्व नजिकिएसँगै भिडभाड हुन सक्ने भन्दै प्रशासनले ब्यक्तिगत तथा सामुहिक रुपमा सचेतना अपनाउन आग्रह गरेको छ ।

विहीबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जो जहाँ छौँ सोही ठाउँमा नै चाडपर्व मनाउन अपिल गर्न भएको छ ।

उहाँले जारी गरेको सूचनामा भनिएको छ ‘अति आबश्यक नपरेमा घरबाट बाहिर ननिस्कन, शक्ति पीठ तथा मठमन्दिरमा दर्शन गर्न नजान, देउसी भैलो नखेल्न नखेलाउन, स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’

साथै प्रमुख जिल्ला अधिकारी आचार्यले विजया दशमी, दिपावली, नेपाल सम्वत्, छट लगायत चाडपर्वको उपलक्षमा सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : १८ बजे