९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मुख्यमन्त्री पौडेललाई थप उपचारको लागि काठमाडौं लगियो



काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको छ। सेनाको हेलिकप्टरमार्फत् उनलाई शुक्रबार अपरान्ह काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ। उनको उपचार बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र हुने बताइएको छ। उनलाई बिहीबार कोरोना संक्रमण देखिएको थियो।

पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको थियो।

प्रकाशित मिति : ७ कार्तिक २०७७ शुक्रबार ००:००  ३ : ३१ बजे