१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ



दाङ ।

दाङको बंगलाचुली गाउँपालिका–२ पाखापानीमा घरायसी विवादका कारण घरको छतबाट खसालेर बाबुको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। घरायसी विवाद हुँदा शुक्रबार साँझ २२ वर्षीय वीरबहादुर विकले बुबा ४५ वर्षीय बालाराम विकलाई कुटपिट गरी घरको छतबाट खसालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

हत्यामा संलग्न वीरबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ३ : ४० बजे