७ असार २०८३, आइतबार | Mon Jun 22 2026

दाङमा ५९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु



दाङ ।

दाङ घोराहीका ५९ वर्षीय एक पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती पुरुषको बाँकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान मृत्यु भएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको कात्तिक २० गतेसम्म कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो।

संक्रमितको स्वास्थ्य थप जटिल बन्दै गएपछि कात्तिक २० गते बेलुका उनलाई बाँकेस्थित भेरी अस्पताल थप उपचारका लागि लगिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनको शनिवार विहान ५ बजेर २५ विरामीको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

यो सहित बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको श्रेष्ठले बताए। त्यसमध्ये २८ जना बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएकाहरू छन् भने अन्य ३५ जना बाँके जिल्लाका हुन।योसहित दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७७ शनिबार ००:००  १ : ४१ बजे