९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

अर्घाखाँचीका कोरोना संक्रमित युवा व्यवसायी आचार्यको निधन



अर्घाखाँची ।

कोरोना संक्रमित युवा व्यवसायी कृष्ण आचार्यको गएराति निधन भएको छ। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ११ डिभर्ना, जोगीमारे घर भई सदरमुकाम सन्धिखर्कमा व्यवसाय गर्दै आएका ३३ वर्षीय आचार्यको गएराति प्रादेशीक अस्पताल बुटवलमा ज्यान गएको जिल्ला जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए।

कोरोनाको लक्षण देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उनी कोरोना संक्रमित रहेको स्वाब परीक्षण गर्दा पुष्टि भएको थियो। आचार्यले सन्धिखर्क शान्ति बगैँचा नजिकै दुग्ध व्यवसाय संचालन गर्दै आएका थिए।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  २ : ०६ बजे