९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कोरोना कहरः कपिलवस्तु प्रशासनले रोक्यो देउसी-भैलो खेल्न



मायादेवी अनलाइन, वाणगंगा ।
नोवेल कोरोना भाइरस (कोभिड- १९) को महामारीको कारण देखाँउदै कपिलवस्तु प्रशासनले देउसी-भैलो कार्यक्रम गर्न रोक लगाएको छ । तिहारको बेला खेलिदै आएको देउसी भैलो खेल्न यो बर्ष रोक लगाइएको प्रशासन कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा चाडवाडमा देउसी-भैलो, मेला महोत्सव नगर्न र यस वर्षको चाडमा जो जहाँ छौ त्यहि बसी मनाउन जिल्लाबासीहरुसँग अनुरोध गरिएको छ ।

प्रशासन कपिलवस्तुले चार्डपर्व मनाउने क्रममा भूईचम्पा तथा पटका पड्काउने, आतवासी गर्ने जस्ता कार्यहरुबाट जनस्वास्थ्य तथा शान्ति सुरक्षामा असर पर्ने भन्दै त्यस्ता बिस्फोटक तथा प्रज्वलनशील पदार्थहरुको खरिद, बिक्रीवितरण तथा ओसारपोसार नर्गन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  ६ : ३६ बजे