९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

साढे २ लाख रकमसहित ७ जुवाडे पक्राउ



दाङ ।

दाङमा प्रहरीले साढे दुई लाख नगद सहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। घोराही उपमहागनरपालिका १६ मुनाटोलका पूर्णराज भण्डारीको घरमा जुवा खेलिरहेका ७ जनालाई नगद दुई लाख ६८ हजार तीन सय १५ रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा घोराही १६ का ३६ बर्षीय तेजप्रसाद गिरी, ३८ बर्षीय डम्मर डिसी, ४० बर्षीय प्रेमराज भण्डारी, २८ बर्षीय बिबेक भण्डारी, घोराही १७ का ३४ बर्षीय किशोर बुढामगर र २७ वर्षीय अजय भुसाल रहेको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।

भण्डारीको घरमा जुवा भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनिहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ। उनीहरुको साथबाट ६ गड्डी तास समेत बरामद भएको छ । उनीहरुलाई जुवा ऐनमा मुद्दा दर्ता गरिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  ३ : ०० बजे