७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

आज दिनभर मौसम कस्तो रहला ?



काठमाडौँ ।

देशभरको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली वा पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन्।

अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ। दिनभर नै देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यस्तै गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौँ उपत्यकासहित देशभरका तराई क्षेत्रमा बिहान लागेको हुस्सु तथा कुहिरो बिस्तारै हट्दै जाने छ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  ८ : १५ बजे