२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

पौडेललाई तत्काल रिहा नगरे देशभर प्रतिरोध गर्ने देउवाको चेतावनी



काठमाण्डौँ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न माग गरेका छन्। तनहुँ प्रशासनले बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई नियन्त्रणमा लिएको थियो।

निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रशासनले पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ। सभापति देउवाले बुधबार अपरान्ह विज्ञप्ति निकालेर ‘नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत’ भनेका छन्।

घटना आपत्तिजनक रहेको उल्लेख गर्दै देउवाले सरकारको प्रवृत्तिविरूद्ध देशव्यापी प्रतिरोध गरिने बताएका छन्। ‘सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ देउवाले भने।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  ५ : १९ बजे