७ असार २०८३, आइतबार | Sun Jun 21 2026

खोल्सामा नवजात शिशु मृत फेला



बुटवल ।

गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ । बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु छोरा मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले दिएको सूचनामा उल्लेख छ ।

अनुसन्धान गर्दै जाँदा उक्त नवजात शिशु तानसेन नगरपालिका –१४ घर भई बगनासकाली गाउँपालिका –३ स्थित माईती घरमा बस्दै आएकी २६ बर्षीया हुमा कुमारी दर्जीले फालेको खुल्न आएकोले निज महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न लागिएको पाल्पाकाको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  १२ : ४३ बजे