८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङमा मापदण्ड विपरीत सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग बन्द



दाङ ।

मापदण्ड विपरीत सञ्चालनमा रहेका दाङका दशवटा बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । जिल्लामा अनुगमन गर्दा बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरेको पाइएको थियो । अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिनु भएको थियो ।

मापदण्ड विपरीत सञ्चालित तुलसीपुर क्षेत्रमा रहेको स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग बन्द भएका छन् ।

यस्तैगरी लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द भएका छन् ।

जिल्ला अनुगमन समितिले गएको कात्तिक अन्तिम हप्ता देखि मंसिर पहिलो हप्तासम्म अनुगमन गरी गएको मंसिर छ गते पत्रकार सम्मेलन गदै ती उद्योगलाई बन्द गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  २ : १८ बजे