३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी



दाङ ।
सवारी दुर्घटनाबारे सचेतना बढाउन दाङका विद्यालय तथा क्याम्पसमा प्रहरीले विद्यार्थी लक्षित कार्यक्रम सुरु गरेको छ। गत साता मात्र मोटरसाइकल दुर्घटनामा परी तीनजना विद्यार्थीको मृत्यु भएपछि प्रहरीले दुर्घटना न्यूनीकरण गर्ने अभियानअन्तर्गत विद्यार्थी लक्षित कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विद्यार्थीहरुले ओभर स्पिड, लापरबाही तथा सवारी नियम पालन नगरी सवारी साधन चलाउँदा दुर्घटना बढेकाले जिल्लामा यस्तो अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले बताए । दाङका प्रत्येक विद्यालय र क्याम्पसमै पुगेर विद्यार्थीहरुलाई सचेतना गराउने उनले बताए ।

विद्यार्थीहरुले सवारी चालक अनुमतिपत्रविना नै सवारी साधन चलाउने गरेको समेत डिएसपी खड्काले बताए। पहिलो चरणमा विद्यालयमा पुगेर सचेतना कार्यक्रम गर्ने र दोस्रो चरणमा यदि कसैले नियम विपरीत सवारी साधन चलाएको पाइए कानुनी कारबाही गरी अभिभावको जिम्मा दिइने उनको भनाइ छ।

प्रकाशित मिति : २ पुस २०७७ बिहिबार ००:००  ९ : ३२ बजे