२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कम्युनिष्ट भित्रका मुर्खहरूले देशलाई ध्वस्त बनाएः चन्द्र भण्डारी



गुल्मी ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले कम्युनिष्टहरूबाट केही आशा गर्न नसकिने स्पष्ट भएको बताएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित फोक्सिङमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले देशलाई कम्युनिष्टका मुर्खहरूले ध्वस्त बनाएको आरोप लगाएका हुन्।

जनताले बहुमत दिएर पठाएका कम्युनिष्टहरूले देश चलाउन नसकेको र संसद नै विघटन गरिदिएकाले कम्युनिष्टहरूलाई उनले बाँदरको संज्ञा दिएका छन्। बाँदरहरूले संविधानसँगै देश र जनतालाई पनि ध्वस्त बनाएकाले अब कांग्रेस मात्र देश चलाउन सक्षम भएको उनले दावी गरे।

भाषणबाट केही नहुनेअब स्पष्ट भएको भन्दै कम्युनिष्टहरूलाई जनताले दिएको मतको समेत कदर नभएको उनले तर्क गरे। देशमा भ्रष्ट्राचारीहरूलाई आश्रय दिएको तथा हत्याहिंसा न्यूनिकरण गर्न नसकेकोले कम्युनिष्टहरूलाई अब विदा गर्नुपर्ने अवस्था आएको उनले बताए।
सबै दललाई साथमा लिएर संविधान जारी गरेको बताउँदै भण्डारीले कांग्रेस नै देशको सक्षम पार्टी भएको समेत उल्लेख गरे।

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  १२ : ०१ बजे