८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बालुवाटारमा ओ‌लीले खुवाए आज थपेका केन्द्रीय सदस्यलाई शपथ



काठमाडौ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज थपेका नयाँ ५५६ जना केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई शपथ खुवाएका छन्। मंगलबार थपिएका ५५६ जनामध्ये बालुवाटारमा उपस्थितहरूलाई प्रधानमन्त्रीले सपथ खुवाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि आजैको बैठकमा उनले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए । ‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो मनोनयन गर्नुभएको थियो’, थापाले भने, ‘उक्त नामावली अनुमोदन गर्न बैठकमा प्रस्ताव गर्नुभएको छ। र, बैठकले गडगडाहट तालीका साथ उहाँको प्रस्ताव अनुमोदन गरेको छ।’

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  १२ : ४५ बजे