८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चिनियाँ राजदूत होउ यान्छी र दाहालबीच भेटवार्ता



काठमाडौं ।

चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भेट गरेकी छन्। प्रचण्डको सचिवालय स्रोतका अनुसार आज बिहान भेट भएको हो र उनी फर्किसकेकी छन्। भेटबारे केही खुलाइएको छैन। नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन हुन नदिन सक्रिय रहेकी यान्छीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेकपाको आन्तरिक राजनीतिमा चीनले कुनै हस्तक्षेप नगर्ने बताउँदै आए पनि पटक पटक नेकपामा विवाद हुँदा चिनियाँ राजदूतले केपी ओली,प्रचण्ड र माधव नेपालसँँग भेट्ने गरेकी छन्।
राजदूतले मंगलबार साँझ राष्ट्रपति विद्या भण्डारीसँग पनि शीतल निवासमा भेट गरेकी थिइन्।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ११ : २७ बजे