८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रतिनिधि सभा विघटनको मुद्दामा पाँच न्यायाधीशलाई तोकियो पेसी



काठमाण्डौँ ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज संवैधानिक इजलासमा पेशी तोकेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पूर्ण इजलास तोकेका हुन्।पूर्ण इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद विघटन गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेका थिए। ती रिटको प्रारम्भिक सुनुवाइ बुधबार भएको थियो। प्रधानन्यायाधीश राणाले ती रिटको सुनुवाइ गर्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाइदिएका थिए।

प्रकाशित मिति : १० पुस २०७७ शुक्रबार ००:००  १२ : ३० बजे