७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मुख्यमन्त्री पोख्रेलले भने- राजा महेन्द्रले भन्दा ओलीले चार गुणा बढी विकास गरे



दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजा महेन्द्रले भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले चार गुणा बढी विकास गरेको दाबी गर्नु भएको छ । नेपालको इतिहासमा अहिले पनि राजा महेन्द्रले गरेको विकासको चर्चा हुने गरेको भन्दै उहाँले पूर्वपश्चिम राजमार्ग र काठमाडौं कोदारी राजमार्गबाहेक महेन्द्रले अरू विकास नगरेको दाबी गर्दै त्यसको चौगुणा बढी विकास ओलीले गरेको बताउनु भएको हो ।

शुक्रबार दाङको तुलसीपुरमा आयोजित ओली समूहको नेकपाका जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘त्यतिबेलाको समयमा त्यो धेरै ठूलो काम भएको थियो,’ ‘आज त्यस्ता पूर्वपश्चिम राजमार्ग मात्रै चार वटा बन्दैछन्। उत्तरदक्षिण करिडोर सात वटा निर्माण हुन थालेको र तीन वटामा अहिले नै यातायात सञ्चालन हुने स्थितिमा छन्

काठमाडौंदेखि निजगढसम्मको फाष्टट्रयाक निर्माण सुरू भइसकेको भन्दै उनले अब सुरूङ खन्न र पुल बनाउन मात्रै बाँकी रहेको बताए। त्यस्तै उनले अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्रै भएको मुलुकमा अबको ६ महिनामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाँज अवतरण गर्ने स्थिति बनेको बताउनु भयो ।

उहाँले पहाडका दर्जनौं कच्ची धावनमार्ग भएका विमानस्थल अहिले धमाधम कालोपत्रे भएको बताउनु भयो । पहिले काठमाडौंको एउटा विमानस्थलमा मात्रै रात्रिकालिन उडान गर्न सक्ने अवस्था रहेकोमा अहिले नेपालका आठ वटा विमानस्थलबाट रात्रिकालिन उडान गर्न सकिने उहाँले बताउनु भयो ।

तराईका प्रायः सबै विमानस्थलमा रात्रिकालिन उडान हुने गरेको पोखरेलले जिकिर गरे। ‘अझै पनि केही भएको छैन भन्नेरु,’ उउहाँको प्रश्न छ । त्यस्तै उहाँले सिँचाईतर्फ भेरी–बबई डाइभर्सन नेपालको विकासको नयाँ युगको सुरुवात भएको दाबी गरे। जहाँ तोकिएको समयभन्दा छिटो सुरूङ निर्माणको काम भएको उहाँले बताउनु भयो । अब केही समय पछाडि भेरीको पानी बबईमा खसालेर बर्दियामा सिँचाई गरेर बाह्रै महिना खेती हुने उहााँको विश्वास छ ।

त्यस्तै उहाँले अर्कौ एउटा ठूलो परियोजनाका रूपमा सुनकोसी डाइभर्सनको माध्यमबाट नेपालको सबैभन्दा ठूलो अन्न भण्डार २ नम्बर प्रदेशमा सिँचाई क्रान्ति हुने बताउनु भयो । यी सबै काम केपी शर्मा ओलीको पालामा भएको भन्दै विकासमा मुलुकले छलाङ मारेको उहाँको जिकिर छ । उहाँले पार्टी फुटको कारण प्रचण्ड र माधव नेपाल नै भएको बताउँदै आगामी वैशाखको चुनाव जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौति पनि दिनुभयो ।

प्रकाशित मिति : १८ पुस २०७७ शनिबार ००:००  ७ : १६ बजे