१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

काँग्रेस नेता पौडेलले भनेः ओली तानाशाह हुन्, प्रधानमन्त्री रहन योग्य छैनन्



काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा सम्बोधनका क्रममा प्रतिनिधि सभालाई कुहिएको छानो भनेको विषयमाथि टिप्पणी गर्दै नेता पौडेलले ओली तानाशाह प्रवृतिको भएको टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमा नेता पौडेलले भनेका छन्, ’प्रतिनिधिसभालाई कुहिएको नो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन्। उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन्।’

प्रकाशित मिति : १९ पुस २०७७ आइतबार ००:००  ७ : ५८ बजे