८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना



गुल्मी ।

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको स्थानीय लक्ष्मीपति न्यौपानेले जानकारी दिए।

जिपमा करिब १५ जना सवार रहेको उनले बताए। जिपमा सवार बेउलाका बुवाहरु प्रकाश पान्डे, शोभाखर, शिवलाल, चालक राजन पाण्डे र नाम नखुलेका सहचालकलाई शरीररका विभिन्न भागहरुमा चोट लागेको छ। उनीहरुलाई स्याङजाको मिर्मीतर्फ उपचारका लागि लगिएको छ। घटनास्थलतर्फ पूर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको बताइएको छ। घटनाको बारेमा विस्तृत विवरण आउँन बाँकी छ।

प्रकाशित मिति : १ माघ २०७७ बिहिबार ००:००  १२ : ०२ बजे