१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

राप्ती नदीमा बेपत्ता युवक अझै भेटिएनन्



दाङ ।
विहीबार राप्ती नदीमा डुबेर बेपत्ता भएकायुवक अझै भेटिएका छैनन् । दाङको राजपुर गाउँपालिका वडा नं. २ बेलाका २४ वर्षीय प्रदीप चौधरी बिहीबार दिउँसो नुहाउने क्रममा राप्तीमा बेपत्ता भएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार उनी करिब १२ बजेतिर नुहाउन भनेर राप्ती नदीमा पसेका थिए। चौधरी बेपत्ता भएको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीले खोजी गरे पनि फेला पार्न नसकिएको एसपी चन्दले बताए।

शुक्रबार बिहान पुनः ८ बजेपछि बेपत्ता चौधरीको खोजीका लागि नेपाली सेनासहितको टिम खटिएको एसपी चन्दले जानकारी दिए।

स्थानीयले बेपत्ता चौधरीले मदिरा सेवन गरेर नुहाउन भनी राप्तीमा पसेको बताएका छन्। प्रहरीले भने त्यसबारे केही बताएको छैन।

तस्बीर फाइल

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  ९ : ०४ बजे