८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कृषि विकास बैंकले माग्यो अधिकृतसहित ३२६ कर्मचारी, अनलाइनबाट पनि आवेदन



काठमाण्डौँ ।
कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ।

वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।

बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो।आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो।

अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ। माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिन्छ।

प्रकाशित मिति : ९ माघ २०७७ शुक्रबार ००:००  ७ : ३२ बजे