१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

तिलोत्तमा खानेपानीको आयोजनाको पाइपमा आगलागी



बुटवल ।
रुपन्देहीको तिलोत्तमामा खानेपानीको आयोजनाको पाइप राखिएको ठाउँमा आगलागी भएको छ। तिलोत्तमा नगरपालिका–४ को सीमानगरमा राखीएको पाइपमा विहान ११ बजे एक्कासि आगो लागेको हो।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले त्यहाँ खानेपानीको पाइप राखेको छ। आगलागी बुटवल, भैरहवा र तिलोत्तमाबाट पुगेको दमकल र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको तिलोत्तमा ४ का वडाध्यक्ष दिवाकर ढकालले बताए। आगलागीको कारण खुल्न नसकेको उनले बताए।

प्रकाशित मिति : १० माघ २०७७ शनिबार ००:००  ५ : ३२ बजे