२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अपहेलना मुद्दा दर्ता




काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए।

त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए। मुद्दा दर्ता भएको अधिवक्ताद्वयले सेतोपाटीलाई जानकारी दिए।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन्।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ुएकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउनु भन्ने टिप्पणी गरेका थिए।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो।

ुखड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छु, निवेदनमा भनिएको छ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ४ : ०६ बजे