७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

रामनारायण विडारीले ओलीलाई इजलासमै भनेः हुतिहारा प्रधामन्त्री



काठमाडौँ । वरिष्ठ अधिवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद फेस गर्न नसकेपछि असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका छन्।

उनले संसदबाट भाग्ने प्रधानमन्त्री ओलीलाई हुतिहारा प्रधानमन्त्रीका संज्ञा दिए।प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा जारी बहसका क्रममा विडारीले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएको छैन, ओली संसद फेस गर्न नसकेपछि भाग्ने हुतिहारा प्रधानमन्त्री हुन्।’

प्रधानमन्त्रीलाई हुतिहारा भनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विडारीलाई रोक्न खोज्दै भनेका थिए, ‘वरिष्ठ ज्यू यति अपशब्द त प्रयोग नगरौँ न‘।’

विडारीले संविधानको मस्यौदा देखि निर्माणको सबै प्रक्रियामा आफूले भाग लिएको बताउँदै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिने गरी कहीँ कतै छलफल समेत नभएको बताए।

नले संविधानको मस्यौदाको क्रममा ८९ (१) मा भएको व्यवस्था अहिले धारा ७६ (७) मा रहेको बताए। अहिले वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन्।

प्रकाशित मिति : १६ माघ २०७७ शुक्रबार ००:००  १ : २७ बजे