८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भारत सीमामा जिस्किरहेको छ, फेरि झडप हुनसक्छः चीन



एजेन्सी । चीनले भारतलाई दुई देशबीचको सीमामा फेरि झडप हुनसक्ने चेतावनी दिएको छ। दुई देशबीच सीमा निर्धारण गरिएको वास्तविक नियन्त्रण रेखा एलएसी मा भारतले बारम्बार नियम उल्लंघन गरिरहेकाले सीमामा झडपको स्थिति निम्तिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो।

चिनियाँ विदेशमन्त्री वाङ यीका प्रवक्ता वांग वेन्बिनले भारतलाई दुई देशबीच भएको सम्झौता इमान्दारिताका साथ पालना गर्न र सीमावर्ती क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्न भनेका छन्। भारतीय सेनाका रिटायर्ड जनरल विके सिंहले केही दिनअघि भारत–चीन सम्बन्धमा भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए। उनले भारतीय सेनाले चीनमाथि ५० पटक आक्रमण गरेको, तर यो कुरा भारतीय जनतालाई थाहा नभएको उनले दावी गरेका थिए।

विके सिंह उनै हुन्, जो दक्षिण एसियाली छिमेकीहरूसँग भारतको सम्बन्धमा दरार निम्त्याउन सेना प्रयोग गर्नुपर्ने अभिव्यक्ति दिइरहन्छन्।

प्रकाशित मिति : २७ माघ २०७७ मंगलबार ००:००  ११ : २० बजे