२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

केपी ओलीको फासीवाद सफल हुन दिन्नौँः नारायणकाजी



काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले जारी संघर्षको मुख्य तीन वटा उद्देश्य रहेको बताएका छन्।
बुधबार नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको विरोध सभामा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीको प्रतिगामी कदम असफल बनाएर संसद सुचारु गर्नु, संवैधानिक आयोगहरुमा भएको नियुक्ति खारेज गर्ने र केपी ओलीको बलमिच्याईं अन्त्य गरेर लोकतन्त्रक रक्षा गर्नु आन्दोलनको उद्देश्य रहेको बताए।

केपी ओलीले विकासको नारा दिएर नेपालमा फासीवाद लागू गर्न खोजेको श्रेष्ठको भनाइ छ।
श्रेष्ठले केपी ओली फासिस्ट भएको आरोप लगाए। साथै नेपालमा फाँसिवाद सफल हुन नदिने उनले चेतावनी दिए। कमरेड भनेको मन नपराउने केपी ओली कम्युनिष्ट पार्टीको अध्यक्ष बनेको उनले बताए।

प्रकाशित मिति : २८ माघ २०७७ बुधबार ००:००  ३ : ३९ बजे