९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

६ किलो अफिमसहित एकजना पक्राउ



दाङ ।
दाङमा प्रहरीले ६ किलो बढी लागुपदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका ५ का ३८ वर्षीय प्रकाश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लागुपदार्थ औषध अफिम रोल्पाबाट दाङतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका १९ दुइ खोलीबाट सोमवार बेलुका पक्राउ गरिएको मंगलवार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । उनका अनुसार खानतलासी गर्दा घर्तीले बोकेको झोलामा ८ वटा पोका बनाइ राखेको अवस्थामा ६ किलो २३९ ग्राम अफिम बरामद गरिएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७ बुधबार ००:००  ६ : २९ बजे