२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

३५४१ मा पिसिआर गर्दा ९६ लाई कोरोना



काठमाडौं ।

नेपालमा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा ९६ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ। पछिल्लो २४ घण्टामा १११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ५९५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५८ पुगेको छ। यसैगरी निको हुनेको दर ९८।७ प्रतिशत छ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७ बिहिबार ००:००  ४ : २५ बजे