७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सुन तोलामा एक हजार रुपैयाँले घट्यो



काठमाडौँ ।
नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैँया घटेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७ शुक्रबार ००:००  १२ : ५० बजे