२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

ओलीले समृद्धिको सपना देखाएर संविधान नै धरापमा पारे : गोकर्ण विष्ट



गुल्मी ।
नेकपाका नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको सपना देखाएर लोकतान्त्रिक गणतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् ।

गुल्मी सदरमुकाम तम्घासमा युवा-विद्यार्थीहरुको भेलामा नेता विष्टले दुई तिहाइको अभिमतलाई प्रधानमन्त्री ओलीले समृद्धिका लागि नभइ आफ्नो उत्तेजना र स्वार्थमा प्रयोग गरेको बताए। ‘निर्वाचनमा समृद्धिको चास्नी देखाएर अराजकता निम्त्याउनु निकै दुर्भाग्यपूर्ण कुरा हो,’ उनले भने।

अहिलेको सरकार स्वास्थ्य सेवाबाट बन्चित नागरिकको समस्या समाधान गर्नभन्दा सत्ता जोगाउने खेलमा लागेको आरोप विष्टले लगाए। ओलीले निर्वाचन आयोगलाई धम्क्याएर सूर्य चुनाव चिह्न मागेको आरोपसमेत उनले लगाए।

बहुमत केन्द्रीय सदस्य आफूहरुतिर भएकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउने उनले विश्वास व्यक्त गरे। प्रतिगमनविरुद्धको आन्दोलनको अगुवाइ गर्न उनले युवा-विद्यार्थीहरुलाई आह्वानसमेत गरे।

प्रकाशित मिति : ९ फाल्गुन २०७७ आइतबार ००:००  ४ : ०७ बजे