२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सत्ताको मातले केपी ओली बरबराइरहेका छन् : गुरुङ



काठमाडौं ।
नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट अदालत रत्तीभर विचलन हुन नहुने बताएका छन् । नेता गुरुङले संसद् विघटनको विपक्षमा फैसला आएका आए आन्दोलन गर्ने प्रधानमन्त्रीको भनाइलाई लिएर अदालत विचलित हुन नहुने बताएका हुन् ।

सत्ताको मातले बरबराइरहने प्रधानमन्त्रीका कुराप्रति अदालतले चासो राख्नु नहुने उनको भनाई छ। अदालतले संविधानका धारामा टेकेर फैसला गर्नुपर्ने उनले बताए।

‘संसद् विघटनको पक्षमा अदालतको फैसला नआए आन्दोलन गर्ने प्रम ओलीको धम्कीबाट अदालत रत्तीभर विचलित हुनुहुँदैन । सत्ताको मातले बरबराइरहने प्रमको कुराप्रति अदालतले चासो राख्नुपर्दैन । जे छ संविधानमा छ र संविधानको धारामा टेकेर फैसला आओस्,’ सामाजिक सञ्जाल गुरुङले ट्विटरमा लेखेका छन् ।

नेकपा ओली समूहले हिजो शनिवार विराटनगरमा आयोजना गरेको प्रदेश १ स्तरीय आमसभामा समूहका अध्यक्ष ओलीले देश र जनताका पक्षमा फैसला नआए (संसद् विघटन बदर गरिए) आन्दोलन हुने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७ आइतबार ००:००  ४ : ३५ बजे