८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रचण्ड-नेपाल समुहको विजय जुलुसमा सहभागिको मुखमा नै सूर्य र हसिया हथौडा




काठमाण्डौँ ।

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले आज देशभरि विजय जुलुस गरेको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसीयालीमा प्रचण्ड(नेपाल समूहले जुलुस गरेको हो।यसैबीच काठमाडौंको शान्तिवाटिकामा पनि केहीबेरअघिदेखि जुलुस निकालिएको हो।

जुलुसमा सहभागीले अविर दलेर, अनुहारमा पेन्ट गरेर, नाचगान गर्दै उत्सव मनाइरहेका छन्। उनीहरुले अनुहारमा नै सूर्य र हसिया अथौडाको आकार बनाएका छन् ।उनीहरूले विभिन्न नारासमेत लगाएका छन्। शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७ बुधबार ००:००  २ : १३ बजे