८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक सुरु



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा को आधिकारिकता सर्वोच्च अदालतले ऋषि कट्टेललाई दिएपछि प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो। आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बसेको हो। समूहले फैसलापछिको अवस्थाबारे आइतबार कानून व्यवसायीसँग छलफल गरेको थियो। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो। अदालतको निर्णयपछि एमाले र माओवादी केन्द्र ब्यूँताएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७ सोमबार ००:००  ४ : ३४ बजे