११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

३४८८ मा पिसिआर गर्दा १०४ लाई कोरोना



काठमाडौं ।

नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४८८ मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ।
पछिल्लो २४ घन्टामा ६३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५० पुगेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७ बुधबार ००:००  ४ : २७ बजे