८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

लोकसेवाको परीक्षा स्थगित



काठमाडौँ ।
लोकसेवा आयोगले खरिदारको दोस्रो चरणको परीक्षा स्थगित गरेको छ।
आउँदो वैशाख ६ गतेदेखि १० गतेसम्मका लागि तोकिएको परिक्षा स्थगित गरिएको हो। आयोगले वैशाख ११ गतेका लागि तोकिएको परिक्षासमेत स्थगित गरेको जनाएको छ। आयोगबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘राजपत्र अनंकित द्वितीय श्रेणी ९अप्राविधिक० खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षा कार्यक्रम र सोही पदको मिति २०७८ बैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको दोस्रो चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ।’

प्रकाशित मिति : १० चैत्र २०७७ मंगलबार ००:००  ७ : ३७ बजे