७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दाङमा स्कुल बस दुर्घटनाः एक जना विद्यार्थीको मृत्यु



दाङ ।

दाङमा स्कुल बस दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ। तुलसीपुरको सरैयाडाडाँको चोकमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा पब्लिक ज्ञान ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको हो। १८ वर्षाया सम्झना केसीको सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पुष्टि इलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको छ । बाँकी विवरण संकलनको क्रममा रहेको प्रहरी निरीक्षक झलक शर्माले बताए। कोठरीबाट रा १ क ४३३ नम्बरको बस विद्यार्थी ल्याएर तुलसीपुर आउँदै थियो । ब्रेक फेल भएर बस पल्टिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बसमा सवार सबैजसो विद्यार्थी घाइते छन्।

प्रकाशित मिति : १० चैत्र २०७७ मंगलबार ००:००  ९ : ०० बजे