७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माओवादीले कारबाही गरेका चार पूर्वमन्त्रीलाई आज पुन मन्त्री नियुक्त




काठमाडौँ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार पूर्वमन्त्रीलाई आज पुन मन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री नियुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनीहरूलाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा चार जनालाई मन्त्री गरी कार्यभार समेत तोकिएको जनाएको छ ।

रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भट्टराई उद्योग, वाणिज्य तथा आपूर्ती, साहलाई शहरी विकास र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ। माओवादीले कारबाही गर्नुअघि पनि उनीहरू सोही जिम्मेवारीमा थिए।

प्रकाशित मिति : २७ चैत्र २०७७ शुक्रबार ००:००  ६ : १३ बजे