२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

आफ्नै पार्टीका नेतालाई लखेटेर ओलीले महन्थसँग गठबन्धन गर्नू अनुचितः भुसाल



बुटवल ।

नेपाल कम्युनिस्ट पाटी (एमाले) का उपमहासचिब धनश्याम भुसालले प्रधानमन्त्री ओलीले कुर्सीको अहंकार त्यागे फेरि बाम गठबन्धन सम्भव रहेको बताएका छन। सत्तामा रहिरहने चाहानाको तृष्णाले ओलीले राजनीतिक सहमती कम्जोर बनाएको भुसालको आरोप छ।

प्रेस चौतारी रुपन्देही (माधव नेपाल पक्ष)ले बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले भने ओलीले विगारेको राजनीतिको जिम्मेवारी लिन हिम्मत गर्ने र कुर्सीमा बस्ने अहंकार छाडे बामगठबन्धन सम्भव छ।’ रुपन्देही क्षेत्र नं ३ का सांसद समेत रहेका भुसालले केपी ओली र महन्त ठाकुर सबै भन्दा असंगतिला पात्र भएको आरोप लगाए।

ओलीले आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गर्न खोजेको उल्लेख गरे। बम गठबन्धनको बहुमत हुँदा हुँदै अर्को पक्षसँग गठबन्धन गर्दा राजनीतिक विसंगती पैदा हुने उनको टिप्पणी छ।

केपी ओलीले नेकपा बिभाजन गरेको र अदालतले त्यसलाई औपचारिकता दिएको भुसालको भनाइ छ। संसद पुर्नस्थापना पछि ओलिले राजिनामा दिने र ओलि पक्षकै कसैलाई प्रधानमन्त्री बनाउनेमा आफुहरुले छलफल थालेपनि ओलिकै कारण उक्त छलफल अगाडि नबढेको भुसालले खुलासा गरे । उनले आफुहरु एमालेको गरिमा, प्रतिष्ठा बचाउन लागेको समेत बताए।

प्रकाशित मिति : २ बैशाख २०७८ बिहिबार ००:००  ७ : २१ बजे