१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको सवारी दुर्घटनामा ज्यान गयो



काठमाण्डौ । 

प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज रानाको गाडी दुर्घटनामा ज्यान गएको छ । 

हिजो उपप्रमुख रानाले नगरपालिकाको लुम्बिनी प्रदेश ०१–००१ झ ०००८ नम्बरको गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । 

गाडी खाल भन्ने ठाउँमा दुर्घटना हुँदा रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले जानकारी दिनुभयो । 

राना गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको थियो ।     

प्रकाशित मिति : १४ असार २०८३ आइतबार ००:००  ९ : ३१ बजे