७ असार २०८३, आइतबार | Sun Jun 21 2026

विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द



कञ्चनपुर ।
कञ्चनपुरको एक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएको छ।पुनर्वास नगरपालिका वडा नम्बर ८ मा रहेको समशिक्षा इन्टरनेशनल निकेतनका दुई जना विद्यार्थी र एक जना शिक्षकमा कोरोना संक्रमण देखिएको हो।आइतबार गरिएको पिसीआर परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ।वडाध्यक्ष राना श्रवणका अनुसार विद्यालयको पठनपाठन वैशाख २५ गतेसम्मका लागि बन्द गरिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७८ सोमबार ००:००  ८ : २७ बजे