८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि



बिष्णु कुमार, अर्घाखाँची ।

उर्जा तथा जलश्रोत मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ । लक्षण देखिएको आधारमा राष्ट्रिय सरूवा रोग अस्पताल टेकु काठमाडौंमा सोमबार बिहान पिसिआर स्वाव टेष्ट गर्दा मन्त्री रायमाझीलाई कोरोना पोजेटिभ देखिएको उनका सोकिय सचिव लिला जिसीले जानकारी दिए ।

पिसिआर जाँच गर्दा मन्त्री रायमाझीको श्रीमती योगमाया रायमाझी ,छोरा सन्दिप रायमाझी ,छोरी सन्ध्या रायमाझी ,ज्वाइँ बद्री थापा र निजी सचिव नारायण खत्रीलाई पनि कोरोना पुष्टि भएको सोकीय सचिव जिसीले बताए । अहिले उनिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । पछिल्लो समय उर्जा मन्त्री रायमाझी सँग प्रत्यक्ष सम्पर्कमा आउनुहुने नागरिकलाई सुरक्षित रहन भनिएको छ ।

गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझी कोरोना संक्रमित पुष्टि भएका हुन्‌।मन्त्री रायमाझीको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको उनकाे सचिवालयले जानकारी दिएको छ। मन्त्री रायमाझीका सोकिय सचिव लिला जिसी र प्रेस संयोजक अर्जुन भुसालको कोरोना रिपोर्ट भने नेगेटिभ आएको

प्रकाशित मिति : १४ बैशाख २०७८ मंगलबार ००:००  १२ : ३९ बजे