८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पाल्पामा बालबालिकादेखि वृद्धसम्म कोरोना संक्रमित



पाल्पा ।
जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएको छ। मंगलबार एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन्। कुल ७८ जनाको परीक्षण भएकोमा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यसअघि सोमबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढी गाउँपालिकामा २, रम्भामा १, बगनासकालीमा २, तिनाउमा १, रिब्दीकोटमा २, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

संक्रमण हुनेमा १४ वर्षका बालबालिकादेखि ६९ वर्षका वृद्धसम्म रहेका छन्। अधिकांश युवा रहेका उनले बताए। कोरोना पोजेटिभ रिपोर्ट आएकामध्ये १६ जनाको पाल्पास्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास र रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सामान्य अवस्था भएका अन्य होम आइसोलेनमा बसेका छन्।

संक्रमितमध्य धेरै समुदायस्तरका रहेका पन्थीले बताए। केही भारतबाट फर्किएका छन्। यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार २२० पुगेको छ। जसमध्य १९८ सक्रिय संक्रमित रहेका छन्। ३९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १५ बैशाख २०७८ बुधबार ००:००  ७ : २३ बजे