८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विश्वभर ११ सय ८१ पत्रकारले कोरोनाकै कारण ज्यान गुमाए



एजेन्सी ।
सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।​ स्विजरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन ९पिइसी०ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको छ।

जसमा भारत मात्र १०७ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ। उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ। यस्तै, भारत तेस्रो स्थानमा रहेको छ।

मेक्सिकोमा १०६, इटालीमा ५२, बंगलादेशमा ५१, कोलम्बियामा ४९ र अमेरिकामा ४७, इक्वेडरमा ४६, बेलायतमा २८ पत्रकारले ज्यान गुमाएका छन्।

यस्तै, डोमिनिकन रिपब्लिकमा २७, पाकिस्तानमा २५, टर्कीमा २४, इरान र रुसमा २१र२१, अर्जेन्टिना र भेनेजुयलामा १७र१७ पत्रकारले ज्यान गुमाएका छन्। पानामामा १६, स्पेनमा १५, र युक्रेनमा १४ पत्रकारको कोरोना संक्रमणबाट ज्यान गएको हो।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  १ : ४७ बजे