८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अन्ततः माओवादी केन्द्रले फिर्ता लियो सरकारको समर्थन



काठमाडौँ ।

लामो दुविदापछि अन्ततः नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादीको मंगलवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।
योसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०७८ मंगलबार ००:००  ५ : ४४ बजे